Tuesday, April 25, 2017

तुइनको ट्रेलर सार्वजनिक(भिडियो )

वास्तविक जीवनको कथावस्तुमा आधारित नेपाली चलचित्र तुईनको ट्रेलर सार्वजनिक भएको छ l तेह्र वर्षको उमेरमा तरकारी बेच्न जाँदा तुइन चुँडिएर त्रिशूली नदीमा खसेका सुरजले अहिले तुइनसँग जोडिएको जनताको जीवनमा अाधारित फिल्म खेल्न पाएका हुन्।

विशेषगरी धादिङ तथा गोरखा जिल्लाका जनताले अहिले पनि सहनु परेको सास्तीको कथालाई सहज ढंगले चित्रण गरिएको छ l मोहन गेललाले लेखेको कथामा उत्सव थपलियाले निर्देशन गरेका छन्। चलचित्रमा पृषा श्रेष्ठ, परिक्षित विक्रम राणा, विशाल डोटेल, नेहा पोख्रेल ,श्याम खड्का र चिराग थपलिया लगायतले अभिनय गरेका छन्।

तुइन चुँडिएर बाँच्न सफल सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र बनाइएको छ। चलचित्रलाई सिर्जना उप्रेतीले निर्माण गरेकी हुन्। चलचित्रको परिकल्पनाकार अञ्जना बस्नेत तथा सिर्जना उप्रेतीको हो। आङछेन लामाले खिचेको चलचित्रमा संगीत सुरेश अधिकारीको छ। चलचित्र कहिले आउने मिति तय भइसकेको छैन।

निर्मात्री उप्रेतीले आफ्नो चलचित्रमा आफ्ना पिताको ठुलो भूमिका रहेकोमा पिता राम प्रसाद उप्रेतीलाई कृतज्ञता ज्ञापन दिन चाहेको बताईन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...