Tuesday, April 4, 2017

सप्तरीको हनुमाननगरमा हात्ती आतंक, दुईको मृत्यु, ५ घाइते

सप्तरी,२२ चैत । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट मंगबार दुईजनाको मृत्यु भएको छ । सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजार छिरेर आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो ।

 

आक्रमणबाट गम्भीर घाइते भएका ३३ बर्षीय झालाई उपचारका लागि धरानको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको केहि समयमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । साफीको पनि उपचारका क्रममा धरानमा मृत्यु भएको हो ।

कार्यालयका प्रमुख, सई भवानी ठाकुरका अनुसार हात्तीले गरेको आक्रमणबाट ५ जना घाइते भएका छन् ।  यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण दास, नविना खातुन, संगीत साह, बसन्त मण्डल र ईर्साद अली रहेका छन् । घाइतेहरुको गजेन्ना रायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...