Saturday, April 22, 2017

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम गत अप्रिल २१ तारिख भर्जिनियाको भियना शहरमा सम्पन्न भयो l

भिजन फ़र नेपाल फ़ाउण्डेशनले आयोजना गरेको तथा युनाईटेड नेपलिज फेलोशिप संस्थाको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो l कार्यक्रम समय अवधि भन्दा ढिलो सुरु भएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणाले नेपाली राष्ट्रिय गीत गाएकी थिइन् l

बहसमा कार्यक्रम एनआरएन अमेरीकाको अध्यक्ष पदका ३ जना उम्मेद्वारहरु रबिना थापा ,केशव पौडेल तथा कृष्ण पोख्रेल मात्र सहभागि भएका थिए भने राम पोख्रेल तथा गौरी जोशी अन्य राज्यहरु बाट आउन ढिलो भएको कारण सहभागी हुन् सकेनन l अमेरिकी राष्ट्रपतिको चुनाव जस्तै गरि नेपालीहरूलाई पनि आफ्नो नेता छान्नको लागि भिजन फ़र नेपाल फ़ाउण्डेशनले सन् २०१५ मा पनि सफलता पूर्वक बहस कार्यक्रम गरेको थियो l

९० मिनट लामो बहसमा उम्मेदवारहरूले आफ्ना कुरा राख्नुको साथ साथै दर्शकदीर्घा लगायत बिभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरुको प्रत्यक्ष जवाफ दिएका थिए l कार्यक्रममा धेरै प्रश्न हरु रहेकोले आगामी मे महिनाको तेश्रो हप्तामा पुन : बहस कार्यक्रम गराइने आयोजक संस्था भिजन फ़र नेपाल फ़ाउण्डेशनका संचालक कृष्ण शर्माले जानकारी गराए l

कार्यक्रम ९० मिनेट भएता पनि ३० मिनेट ज्यादा समय थप गरिएको थियो l कार्यक्रममा अध्यक्षका प्रत्याशीहरुले आफ्नो तर्क ,प्रतिबद्धता ,चुनावी घोषणा तथा अन्य बिषयमा बोलेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...