Sunday, April 9, 2017

भक्तपुरमा ग्यास चुहिएर राति आगलागी

भक्तपुर, २८ चैत । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ ।

श्रेष्ठले भाडामा दिएको घरको दोश्रो तलामा भएको आगलागीबाट भान्छाका सामानहरु, लत्ताकपडा, अन्नलगायतका सामग्री जलेका छन् ।

स्थानीय बासिन्दा, प्रहरी र भक्तपुरबाट आएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीको क्षतिको पूर्ण विवरण भोलि मात्रै आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...