Wednesday, April 12, 2017

काठमाडौँबाट ७२१ जना जनप्रतिनिधि निर्वाचित हुने

काठमाडौँ, ३० चैत । स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लाबाट ७१२ जनप्रतिनिधि चयन हुने भएका छन् । काठमाडौँ महानगरपालिका र १० नगरपालिकाबाट ७१२ जना जनप्रतिनिधि चयन गरिने जिल्ला निर्वाचन अधिकरी चन्द्र गौतमले जानकारी गराउनुभयो ।

उहाँका अनुसार महानगर र १० नगरपालिकाका १३८ वडामा एक- एकजना मेयर, उपमेयर वडा अध्यक्ष र चार सदस्य निर्वाचित हुने छन् ।

मेयर र उपमेयरमध्ये एक जना महिला तथा चार सदस्यमा एक÷एक जना महिला र दलित महिला निर्वाचित हुने छन् ।

उहाँका अनुसार सबभन्दा बढी काठमाडौँ महानगरपालिकामा १६२ जना प्रतिनिधि चुनिने भएका छन् । काठमाडाँै महानगरमा ३२ वडा रहेका छन् ।

यसैगरी चन्द्रागिरिबाट ७७, बुढानिलकण्ठ ६७, तारकेश्वरबाट ५७, साँखुबाट ५७, कीर्तिपुर र नार्गाजुनबाट ५२÷५२, तथा कागेश्वरी, गोकणेश्वर शङ्खरापुर र दक्षिणकाली नगरपालिकाबाट ४७÷४७ जना प्रतिनिधि चयन हुनेछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...