Sunday, April 23, 2017

पृथ्बी दिवसको अवसरमा बृक्ष रोपण सम्पन्न

कोलोराडो अमेरीका

अप्रील २२ , २०१७

पृथ्बी दिवसको अवसर पारेर कोलोराडोमा सकृय हिमालयज लायन्स क्लब लङमन्ट तथा यूनीभर्सल पिस क्रेर्टसको संयूक्त आयोजनामा आईतबार एक रमणीय पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भयो ।

लङमन्टको स्थित म्याकिन्टस् पार्कमा सम्पन्न बृक्ष रोपण कार्यक्रममा विभिन्न जातका ८ वटा रुखहरु रोपिएका हुन् । रोपिएका बिभिन्न रुखहरु सिटी अफ लङमन्टले हिमालयज लायन्स क्लब लङमन्टलाई डोर्नेसन गरेको हो ।

बृक्षरोपण कार्यक्रममा लायन्सका ६ नर्थ ईष्टका डिष्टीक ग्वोवल मेम्बरसिप चेयरपर्शन देवमण्डल हल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रेमकाजी श्रेष्ठ, सचिव प्रमोद श्रेष्ठ, अमेरीकन हैडखान समाजका प्रतिनीधी अजय प्रधान, कम्यूमीकेसन अफीसर नातीबाबु भट्ट, नरकुबेर राइर्, सुनीता राई लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

अमेरिकाको नियम अनुसार सर्बजानीक स्थानमा बृक्षरोपण गर्दा स्थानीय सिटीको अनुमतीमा मात्र गर्न सकिन्छ । उनिहरुले कुन ठाउंमा कुन जातका बिरुवा लगाउने भनेर अनुमती दिएपछि मात्र बृक्ष रोपण कार्यक्रम गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...