Tuesday, April 25, 2017

आगलागी हुँदा पन्ध्र लाखको क्षति

काठमाडौँ, १२ वैशाख । काठमाडौँको सामाखुशीमा सञ्चालन गरिएको दुईवटा वर्कशपमा आगलागी हुँदा रु पन्ध्र लाख बराबरको क्षति भएको छ ।
सामाखुशीमा ‘आजम’ भन्ने व्यक्तिले सञ्चालन गरेको मारुती वर्कशपमा ट्याक्सी विल्डिङ गर्ने क्रममा आज साँझ आगलागी भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । सो आगालागी अजय शाहले सञ्चालन गरेको कृतिम मोटरसाइकल वर्कशपसम्म फैलिएको र दुवै पसल जलेको थियो ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहायतामा अहिले आगालागी पूर्ण नियन्त्रणमा आएको प्रनि खड्काले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...