Wednesday, April 12, 2017

गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड २०१६ र २०१७ को घोषणा

देशभरका बि.टेक. खाध प्रबिधीमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्येक बर्ष प्रदान गरिने ” गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड ” सन २०१६ का लागि त्रिभुवन विश्वबिधालय बाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी सापु श्रेष्ठ र पूर्वाञ्चल विश्वबिद्यालयबाट क्याफोडाट कलेज काठमाडौंका कन्चन सिटौलालाई प्रदान गरिने भएको छ l

सन २०१७ का लागि पूर्वाञ्चल विश्वबिधालयबाट क्याफोडाट कलेज काठमाडौंकी अनु अर्याललाई प्रदान गरिने जानकारी आज गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा खाध बैज्ञानिक हरिहर गुरागाईले गर्नु भएको छ |

सन २०१७ को त्रिभुवन बिश्वबिद्यालयको एवार्ड छिट्टै घोषणा गरिने र यि सबै एवार्डहरु अर्को महिना काठमाडौंमा एक बिशेष समारोह बिच प्रदान गरिने छ | ट्रस्टका अध्यक्ष हिक्मत थापाका अनुसार गत ५ बर्ष देखी दिईदै आएको यो पुरस्कारले नेपालका विश्वबिधालयमा खाध प्रविधिमा अध्ययनरत विद्यार्थीलाई हौसला मिलि रहेको विश्वाश गरिएको छ |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...