Wednesday, April 5, 2017

‘एकाबिहानै उपेन्द्र यादवको कार्यकर्ता हुन हामीलाई मन लागेन, त्यसैले बाबुरामलाई छाड्यौं’

हालै नयाँ शक्ति पार्टी नेपालबाट विद्रोह गरी निर्मल भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल नामक समूह गठन भएको छ । सो समूहका संयोजक भट्टराईसंग गरिएको कुराकानीको सारसंक्षेप:

तपाईंहरुले पार्टी फुटाउनुको कारण के हो ?

डा. भट्टराईले माओवादी पार्टी परित्याग गरेर आर्थिक समृद्धि, सुशासन, सदाचार जस्ता आकर्षक नाराका साथ नयाँ शक्ति बनाउने उद्घोष गरेपछि बोली अनुसारको व्यवहार भएको खण्डमा देशमा केही हुन सक्छ कि भन्ने मनसायले हामी त्यो पार्टीमा लागेका थियौं । तर व्यवहारमा त्यसको कुनै संकेत देखिएन । उहाँ नेतृत्वको नयाँ शक्ति पछिल्लो चरणमा आफ्नो सबै परिचय गुमाएर नयाँ शक्तिलाई संघीय समाजवादी फोरममा विलय गराउने योजना बनाउन थालियो । हामी धेरै साथीहरुलाई त्यो मान्य भएन । र, हामी छुट्टियौं ।

निर्मल भट्टराई

उपेन्द्र यादवसंग एकता गर्दा तपाईंहरु किन असन्तुष्ट हुनु पर्ने ? एकता हुनु नराम्रो हो र ?

सैद्धान्तिक वैचारिक हिसाबले एकता हुनु नराम्रो होइन । तर, निस्चित स्वार्थका लागि गलत सैद्धान्तिक अवधारणामा एकता हुनु ठीक होइन । यो एकता कुनै सैद्धान्तिक वैचारिक धरातलमा हुने होईन ।

कस्तो सैद्धान्तिक वैचारिक अवधारणा भनेको ?

नयाँ शक्ति लिखित दस्तावेजमा माक्र्सवादको मर्मलाई नछोड्ने भनिएको छ । उपेन्द्रजीहरु त्यसमा प्रष्ट देखिदैनन् । नयाँ शक्तिको अवधारणामा आन्दोलनको युग सकियो, अब आर्थिक समृद्धितर्फ लाग्नु पर्छ भनिएको छ । उपेन्द्रजीहरु निरन्तर आन्दोलनमा छन् । अहिले देशवादी दलहरु बलियो हुनुपर्ने बेला हो, मधेशवादी दल होइन ।

तपाईंहरु पार्टी बनाउने हैसियतमा हुनुहुन्छ र ? थ्रेसहोल्ड सम्बन्धी ऐनबारे थाहै होला ?

यो तपाईंले महत्वपूर्ण प्रश्न गर्नुभो । स्थानीय तहको बर्तमान संरचना र थ्रेसहोल्डको व्यवस्थाले थुप्रै साना पार्टीको अस्तिवलाई संकटमा पारिदिएको छ । देशको स्थीरता र विकासको लागि यो जायज पनि छ । हामी त्यो परिवेशबाट बेखबर छैनौं । अहिले हामी देशभरका हाम्रो मतको पक्षमा रहने नेता कार्यकर्ता गोलबन्द गर्ने अभियानमा जुटेका छौं । आखिर पार्टी त जनताको इच्छाले बन्ने हो, डा. भट्टराईजस्ता कुनै नेताको लहडले बन्ने होईन ।

तपाईं त एमालेमा लामो समय काम गरेको मान्छे, एमालेमा फर्कनेबारे केही सोच बनाउनु भएको छैन ?

मेरो सोचमात्र भन्नुभन्दा पनि हाम्रो समग्र टिमको कुरा हो । धेरै जिल्लामा हाम्रा बनिसकेका छन्, बन्दैछन् । देशभरको यो प्रगतिशील राष्ट्रवादी टिमलाई एकताबद्ध बनाएर ५४ सालका जस्तै योग्य र सक्षम उम्मेद्वारलाई जिताउन ठोस योजना बनाउनु म बुद्धिमानी ठान्छु ।

स्रोत  :दैनिक नेपाल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...