Tuesday, April 4, 2017

आईजीपी बनाउन माग गर्दै नवराज सिलवालले गृह मन्त्रालयमा दिए निवेदन

काठमाडौं,२२ चैत  । डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।उनले गृहमा निवेदन दिँदै सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरेका हुन् । सिलवाल निकट स्रोतले भन्यो, ‘सर्वोच्चको फैसला कार्यान्वयनको माग गरिएको हो ।’

उनले सर्वोच्चको फैसलाको कपी समेत पेश गरेका छन् । सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यमूल्यांकनमा उच्च अंक पाउनेलाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो ।

सर्वोच्चको त्यही फैसलामा चार आर्थिकको कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा सिलवाल रहेको उल्लेख थियो ।

तर, डीआईजी सिलवालको निवेदनमा गृह मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...