Saturday, April 29, 2017

सगरमाथा शिविरमा शव भेटियो

सोलुखुम्बु, १६ वैशाख । सगरमाथाको पहिलो आधारशिविर छेउमा शव भेटिएको छ । सगरमाथा आरोहीका एक सहयोगीले आज पहिलो शिविरमा शव देखेपछि खबर गरेको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बाटो छेउमा हिउँले पुरिएर रहेको शवको खुट्टा बाहिर देखिएकाले पहिचान हुन नसकेको र उद्धारका लागि हिमाली भेगमा रेस्क्यु गर्ने दक्ष व्यक्ति पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सगरमाथा आधारशिविर वरपर कुनै पनि व्यक्ति हराएको सूचना नआएको प्रहरीले जनाएको छ । सगरमाथा आरोही अहिले दोस्रो शिविरसम्म पुगिसकेका बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...