(२३ अप्रिल-अमेरिका)
अमेरिकाको बोस्टनमा अवस्थित ‘हिमालयन हेरिटेज कल्चर एकेडेमी’ले कला, साहित्य, संस्कृति एवं सम्पदाको क्षेत्रमा सन् २०१५ देखि सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ । यसै क्रममा यस एकेडेमीले कृष्ण शाह यात्रीको परिकल्पना र निर्देशनमा नाटक ‘अर्थात् पात्रहरु’ मञ्चन गरेको छ । नाटक मञ्चनसँगै एकेडेमीको आफ्नै प्रेक्षालयमा ‘नाटक लेखन, अभिनय र नाट्य प्रस्तुति’ विषयको नाट्य कार्याशाला आयोजना पनि गरेको छ । कार्याशालामा बोस्टनमा अवस्थित डेढ दर्जन नाट्यकर्मी एवं साहित्यकारहरुको उपस्थिति रहेको थियो । नाट्य कार्याशालाबाट तयार पारिएको ऊक्त नाटकमा सुरेश वाग्ले, रोशनी खनाल, लालगोपाल सुवेदी, ममता कमाचार्य, दीपा राई पुन, सागर शंकर, लक्ष्मी खनाल, अनुभव थपलिया, गौरवी काफ्ले, स्वयम् पोखरेल लगायतले अभिनय गरेका थिए । नाटकमा पाश्र्व संगीत प्रख्यात सारंगीवादक श्याम नेपालीले दिनु भएको थियो ।
नाटकले घाटे जीवनको पीडा समेट्नुका साथै मानिसले मृत्यु पश्चात आफ्ना शव गाड्का लागि ठाउँको जोहो गर्न गरेको संघर्षको कथा बोलेको छ । समसामयिक विषयमा केन्द्रित भई तयार पारिएको नाटक ‘अर्थात् पात्रहरु ’लाई दर्शकले खुबै रुचाएका थिए । कार्यक्रममा संयोजक सुरेश वाग्ले भन्नुहुन्छ, “हामीले गीत, संगीत, नाटक र संस्कृति विधाका फरक प्रस्तुति दिने उद्देश्यले यस पटक नाटकलाई रोजेका हौं । यस कार्यशालाबाट तयार पारिएका मध्ये उत्कृष्ट १० ओटा नाटकलाई हामी ‘बोस्टनमा नाटक’ नाम दिई पुस्तक समेत निकाल्नेछौं ।”
Tuesday, April 25, 2017
बोस्टनमा ‘अर्थात् पात्रहरु’
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment