Wednesday, April 26, 2017

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १३ वैशाख । मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...