Sunday, April 23, 2017

तनहुँ समाज कतारको बनभोज कार्यक्रमको तयारी पुरा —मच्चाउने भए कुमार र कुमारीले अलदार क्लबमा धमाका

भोला थापा क्षेत्री, दोहा । तनहुँ समाज कतारले आयोजन गरेको बनोभोज तथा सागितिक कार्यक्रममा लोक दोहोरी गायिका कुमारी थापा र गायक रित कुमारले बेजोड प्रस्तुती गर्ने भएका छन ।

कतारको दोहा शहर देखी करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा हुने उक्त कार्यक्रमा आफ्नो प्रस्तुती पस्कन नेपाल देखी लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आईरहेकी तनहुँ बन्दीपुरकी गायिका कुमारी थापा कतार आउने भएकी छिन भने कतारमा रहेर लोक दोहोरी क्षेत्रमा गहिरो छाप छोड्दै आईरहेका लोक दोहोरी गायक रित कुमारले उनलाई साथ दिने भएका छन ।

“सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने नाराका साथ स्थापना भएको तनहुँवासीहरुको सकृय साझा संस्था तनहँु सेवा समाज कतारले गत २१ अप्रेल शुक्रबारका दिन संस्थाको भेलाले उक्त कार्यक्रमको पुर्ण तयारी भएको कार्यक्रम संयोजक केश मगरले बताएका छन ।

मगरले विगतका दिन भन्दा तनहुँ सेवा समाजले छुट्टै मनोरञ्जन तरिकाले गर्ने कार्यक्रमको हाल सम्मा करिब चार सय टिकट बिक्रिवितरण भईसकेको बताएका छन । पहिलो पल्ट आफ्नो प्रस्तुती पस्कन कतार आउदै गरेकी गायिक कुमारीले आफ्नो प्रस्तुतीले तनहुँ बासी तथा गैह्र तनहुँ बासीलाई भरपुर मनोरञ्जन दिने बताएकी छन । यता कतारको माहोलमा चर्चा चुम्न सफल लोक दोहोरी गायक श्रेष्ठले आफ्नै जिल्लाबासी कार्यक्रममा र नेपालबाट निम्ताएकी जिल्ला बासी अतिथी कलाकार कुमारी संग आफ्नो प्रस्तुती पस्कन पाउदा खुसी तुल्याएको बताएका छन ।

आगमी २८ अप्रिल शुक्रबार का दिन गर्न लागेको उक्त कार्यक्रममा कतारमा आबद्ध सकृय सागिंतिक संघ सस्थाका स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने भएको छ ।
जसमा डान्सर जीना मगर , भगवती बस्याल, हाँस्या कलाकार सुरज विसी,लोक दोहोरी गायक÷गायिक बलविक्रम थापा र कमला गुरुङ, आधुनिक गायक विजय रानापाली साथै कलाकार सोम थापा,कृष्ण विसी, शुभराज खत्री, र आधुनिक गायक टंक राज विक लगायतले उक्त कार्यक्रमा आफ्नो धमाकेदार प्रस्तुती पस्कने भएका छन ।

दोहाबाट करिब ४५ किमी दुरीमा रहेको उम्सलाल अलि स्थित अलदार क्लबमा विहान १० बजेदेखी हुने कार्यक्रमका लागी संस्थाले तरबार गेट,अलात्तिया,साहानिया,दुखान,अल्खोर,उम्साईड लगायत विभिन्न ठाउँबाट यातायातको पनि सुविधा रहेको यातायात व्यावस्थापक तोयानाथ पौडेलले जान

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...