Tuesday, April 4, 2017

पानी अभियान सहयोगार्थ पोल्यान्डमा ” दर्पण छाया २ ” देखाइने

नेपाली फिल्म दर्पण छाया २ हेर्नको लागि उपस्थित हुन सबैलाई अनुरोध फिल्म प्रदर्शन गर्नको लागि जिम्मेवारी पाएका व्यस्थापक सुरज कार्कीले गर्नु भएको छ ।
उक्त फिल्म प्रदर्शन गरेर बचेको रकम पानी अभियानमा सहयोग गर्ने घोषणा पनि सुरज कार्कीले गर्नु भएको छ । फिल्म प्रदर्शन गर्न व्यवस्थापन गर्नमा खटिएका व्यवस्थापकहरु जीवन केसी बिनय अधिकारी नारायण चालिसे युवराज अडाई ज्ञानेन्द्र भन्डारी बिनोद आचार्य लगायत विभिन्न व्यक्तिहरुको सहभागिताले पोल्यान्डमा उल्लेख्य मात्रामा नेपाली दाजुभाइहरु तथा दिदीबहिनीहरु उपस्थिति हुने आशा श्री सुरज कार्कीले गर्नु भएको छ ।
स्मरण रहोस् पानी अभियान पोल्यान्डमा बस्ने एक नेपालीले फेसबूक स्ट्याटसको माध्यमबाट शुरूवात गरेका थिए । हाल अभियान कार्यान्वयन चरणमा पनि पुगिसकेको छ ।
उक्त पानी अभियानको नारालाई टेवा पुगोस् र गाउँमा काम शुरु भएको खबरले सबैलाई खुशी तुल्याएको छ भन्दै सम्पुर्ण नेपालीहरुलाई बहुचर्चित फिल्म ” दर्पण छाया २ “हेर्नको लागि हार्दिक अपिल गरिएको छ ।

उक्त सिनेमा पोल्यान्डमा प्रदर्शन गराउन डेनमार्क निवासी समीर बस्नेत र उहाँको परिवारले पनि विशेष भुमिका खेलेको जानकारी श्री कार्कीले गराउनु भएको छ ।

यसरी नेपाली फिल्म उद्योगको विकास र उन्नति हुने गरि पानी अभियानमा हौसला प्रदान गरेकोमा पोल्यान्डबाटै पानी अभियानकर्ता मित्रलाल पार्देले आभार प्रकट गर्दै पोल्यान्ड बस्ने सम्पुर्ण नेपालीहरुलाई फिल्म हेर्न पनि हार्दिक अनुरोध गर्नु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...