Wednesday, April 26, 2017

अमेरिकाका नगर प्रमुखले रञ्जु दर्शना लाई बिजयीको शुभकामना संदेश यसरी दिए (भिडियो सहित ),हेर्न लायक भिडियो

अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर प्रमुख (मेयर )ले रञ्जु दर्शना लाई बिजयीको लागि अमेरिका बाट शुभकामना संदेश दिएका छन् l

२१ बर्षिय रञ्जु काठमाडौँ महानगर पालिकाको लागि नगर प्रमुखकि सशक्त दाबेदार उम्मेदवार रहेको चर्चा परिचर्चा अमेरिकामा पनि सुने पछि उनले श्रब्य दृश्य (भिडियो )मार्फत शुभकामना दिएका हुन् l उप नगर प्रमुख किरण सिटौला को साथै नगर प्रमुख तथा नगर परिषद सदस्य ले पनि नेपाली टोपी लगाएर संदेश दिएका छन् l

अमेरिकाको मेरिल्याण्डको कार्यालयमा अप्रिल २६ तारिखका दिन बसेको बैठक समाप्ति पछि नगर प्रमुख ब्रानडन पलिन ,उपनगर प्रमुख नेपाली मूलका किरण सिटौला तथा नगर परिषद सदस्य कर्टिस स्मिथ ले एकै लहरमा बसि शुभकामना दिएका छन् l

नगर पालिकामा निर्वाचित भएका मध्ये २१ बर्षिय युवा नगर प्रमुख ब्रानडनले आफू पनि २१ बर्षिय हु र रञ्जु पनि २१ बर्ष कि हुन् भन्दै बिजयीको कामना गरेका छन् l

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौला ईतिहास कोर्दै मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड सिटीको नगर उपप्रमुखमा निर्वाचन द्वारा सन् २०१५ मा बिजयी भएका हुन् l

स्मरण रहोस ,सिटौलाले चुनावी मैदानमा उत्रेका आफ्ना ४ जना प्रतिद्वन्दीलाई पछार्दै स्वतन्त्र उम्मेदवारबाट जित हात पारेका थिए भने नगर प्रमुखमा बिजयी भएका श्वेत उम्मेदवार ब्रानडन पलिन सिटौला भन्दा ५७ मत ज्यादा प्राप्त गरि बिजयी भएका थिए l

किरण सिटौला आगामी मे ४ तारिख नेपाल उड्ने भएका छन् भने उनको समर्थन युवा पुस्ताको प्रतिनिधित्व गर्दै मैदानमा होमिएकी रञ्जु लगायत सम्पूर्ण युवालाई समर्थन रहने बताए l १९ बर्षिय का ब्रान डन ले अमेरिकाको नगर प्रमुख बन्न सक्छन भने २१ बर्षिय रन्जु ले पनि काठमाडौँ को नगर प्रमुख सजिलो संग चलाउन सक्ने बताए l

उनले भने २१ बर्षिय रन्जुमा सम्भावना रहेको आफुले देखेको बताए l उनले अगाडी भने उनि संग क्षमता छ र पारदर्शिताको दर्शन छ l अब युवाहरुलाई विश्वास गर्नु पर्ने उनले बताए l

 

उनले चुनाव जितेको खण्डमा मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेडको तर्फ बाट उनलाई तालिम आदि ईत्यादी को लागि नेपाल मै गएर हुन्छ कि अमेरिकाको भ्रमणमा ल्याएर भए पनि उनलाई सक्षम बनाउने प्रतिबद्धता जाहेर गरे l

२१ बर्षिय रञ्जु विवेकशील नेपाली दलका तर्फबाट काठमाडौंको नगर प्रमुख कि उम्मेद्वार हुन् भने यत्र तत्र सर्बत्र उनी छाएकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...