Thursday, April 27, 2017

पत्रकार उप्रेतीद्वारा केन्द्रलाई सहयोग

रत्ननगर, वैशाख १४
पुर्वी चितवनको रत्ननगर, पिठुवा घर भई लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनु भएका पत्रकार, गीतकार एवम् गजलकार नृपेश उप्रेतीले गामवेशीको संरक्षण केन्द्रलाई रु. २५,०००।– (अक्षरेपिः पच्चीस हजार रुपैंया) सहयोग गर्नुभएको छ ।


पत्रकार उप्रेतीले आफ्नो गीती एल्बम ‘आहान अर्को खुशी’ को विक्रीबाट संकलित रकम पत्रकार रवि रोशी मार्फत केन्द्रमा पठाउनु भएको हो । उप्रेतीले आफ्नो गजल संग्रह ‘मुसाफिर’ को काठमाडौंमा भएको विमोचन कार्यक्रममा केन्द्रका सल्लाहकार रवि रोशीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । आज सल्लाहकार रोशी केन्द्रमा पुगी केन्द्रमा आश्रित बालबालिकाहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । स्रष्टा उप्रेतीले आफ्नो गजल संग्रह ‘मुसाफिर’ को विक्रीबाट आउने रकम पनि केन्द्रमा आश्रित बालबालिकाहरुलाई हस्तान्तरण गरिने सल्लाहकार रोशीले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...