Sunday, April 23, 2017

जीवनका रंगहरु ( Colors of Life)- ऋषि बस्ताकोटी तथा कल्पना घिमिरे बस्ताकोटी

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनि जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l

यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्नु हुने डा ऋषि बस्ताकोटी एवम् कल्पना घिमिरे बस्ताकोटी । क्यानाडाको क्यालगरी विश्वविद्यालयबाट वातावरणिय नीतिमा विद्यावारिधि (पीएचडी )गरेका ऋषि बस्ताकोटी प्रवासमा संचालित विभिन्न सामाजिक तथा साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ भने वनविज्ञान तथा भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर कल्पना घिमिरे बस्ताकोटी पनि सामाजिक गतिविधिहरूमा सक्रिय हुनुहुन्छ ।

सहयात्राको २० औ हिउँद संगै भोगेको अनि २० औ बर्षा संगै रुझेको यो जोडीको जीवनका रंगहरू आजको प्रस्तुतिमा समेटिएका छन् ।

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका यी रङ्हरु –

१) जीवन (Life) के हो ?
खोज्दा खोज्दै अघि बढ्ने एउटा गतिशील खोज हो जीवन ।

२) खुशी (Happiness) के हो ?
खोजीको यात्रामा अनुभूत गर्न जाने भेटिने, अनिभुत गर्न नजाने नभेटिने सुखद अनुभूति हो खुशी ।

३) कर्तब्य (Responsibility) के हो ?
कर्तव्य जीवन चलाउने सूत्र हो ।

४) सम्बन्ध (Relationship) के हो ?
सम्बन्ध एक किसिमको आत्मिय बन्धन हो ।

५) आत्मीयता (Intimacy) के हो ?
आत्मियता सम्बन्धमा फक्रेको न्यानोपनको आभास हो ।

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रंगहरूले भरिउन, सफलताले शिखर चुमुन अनि आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ ल

प्रस्तुतकर्ता सुवास ढकाल :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...