Thursday, May 4, 2017

तनहुँको दमौलीमा साईबर अपराध सम्बन्धि तालिम, युवा युवतीहरुको उत्साहजनक सहभागिता, कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको प्रतिकृया ।

तनहुँ,दमौली, मे ०२, २०१७ – तनहुँको दमौलीमा  राष्ट्रिय आईसिटी डेको कार्यक्रममा साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट प्रतिनिधी गिरिजा सुबेदीद्वारा साईबर अपराधबाट अहिलेको युवा पुस्ता देखि ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाल, कम्य्पुटर प्रयोगकर्ताहरुलाई कसरि बचाउन सकिन्छ भन्ने बिषयमा २ घण्टे लामो प्रयोगात्मक प्रशिक्षण सम्पन्न भयो। जिल्ला स्तरिय Information and Communication Technology (ICT) को उक्त भेलामा करिब ५०० युवा युवतीहरुको सहभागिता रहेको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । त्यस्तै गरि प्राध्यापक डा. सुबेदी बहुचर्चित अनलाईन मिडिया डिसीनेपाल डटकमका फाउण्डर प्रेसिडेन्ट पनि हुनुहुन्छ ।

अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संपर्क गर्न सक्नु हुनेछ ।

18221894_1380951411927290_2290190286232052983_n (1).jpg
18260927_1380948291927602_384416609_o.jpg
18261031_1380948295260935_723329434_o.jpg
18279985_1380948201927611_465595329_n.jpg
18301714_1380951148593983_8106327313883291429_n.jpg
18301856_1380984161924015_5167941967601003881_n.jpg

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts