Friday, May 12, 2017

पूर्वराजा ज्ञानेन्द्रले मतदान गर्ने, कुन पार्टीलाई भोट हाल्दैछन् ?

काठमाडौं, २९ वैशाख । झण्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले मतदान गर्ने भएका छन् ।

निर्मल निवास स्रोतका अनुसार शाहले यसबारेमा आफू निकट सहयोगीहरुसँग आन्तरिक छलफल गरिरहेका छन् । स्रोतका अनुसार यसपटक उनको रोजाईमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले परेका छन् ।

पछिल्लो समय यी दुई पार्टीहरुले राष्ट्रियताको पक्षमा लिएको अडानका कारण पनि पूर्वराजा शाहलाई यी पार्टीको पक्षमा भोट हाल्ने ईच्छा जाहेर भएको स्रोतको दाबी छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...