Wednesday, May 3, 2017

नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई

 

मे ३, अमेरिका, विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस वर्ष देखि प्रदान गरिन लागेको नेजा सामुदायिक पत्रकारिता पुरस्कार लेखक शिव प्रकास र पत्रकारद्वय दिनेश कार्की तथा मनोज अधिकारीलाई सम्युक्त रुपमा प्रदान गरिने भएको छ । नेजाका वर्तमान उपाध्यक्ष एवं नेजाको एघारौ वार्षिक साधारण सभा तयारी मूल समिति गुणराज लुइटेल द्धारा प्रकासीत प्रेश विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।
पुरस्कार मनोनयनका लागी नेजाले एक महिना अघि लेख रचनाहरु आव्हान गरेको थियो । लेखक िशव प्रकाश सहित पत्रकार मनोज अधिकारी र दिनेश कार्कीद्वारा लिखित “अमेरिकामा नेपालीले धमाधम विमा रद्द गर्दै” शिर्षकको खोजमूलक सामाग्रीलाई पुरस्कृत गर्ने िनर्णय गरिएको कुराकाे  विज्ञप्तिमा उल्लेख गरिएको छ ।  सेतोपाटिमा प्रकाशित उक्त सामाग्रीलाई पुरस्कार छनौट समितिले उत्कृष्ठ ठहराई पुरस्कारका लागि सिफािरस गरेको िथयो ।
पुरस्कृत लेखक र पत्रकार अमेरिकाको वोष्टन क्षेत्रमा रही   स्वतन्त्र र निर्भिकतापूर्वक लेखन तथा पत्रकारिता गरिरहनु भएको छ ।
यस्तै उपाध्यक्ष लुईटेलद्वारा प्रकाशित विज्ञप्तिमा पुरस्कारले पत्रकारहरुलाई थप निर्भिक, स्वतन्त्र, जिम्मेवार र प्रभावकारी वनाउन प्रोत्साहित वनाउने उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...