Saturday, May 13, 2017

हतियारसहित छजना पक्राउ, बम निस्क्रिय

धादिङ, ३० वैशाख । स्थानीय तह निर्वाचनको मौनअवधिमा प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ भने पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ ।

खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजीयार थारुले बताउनुभयो ।

चेकजाँचको क्रममा फेला परेको बा७७प १९६२ नं को मोटरसाइकल र रु ४१ हजार ७०० नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ गरेको छ । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी नेकपाले राजमार्गका तीन ठाउँमा राखिएको बम शनिबार बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ ।

सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेँसीमा राखिएको सिलिन्डर बम र महादेवबेँसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...