Sunday, May 7, 2017

विश्व भरका झापालीहरु एक जुट हुदै

अन्तर्राष्ट्रिय झापाली समाज गठन अस्ट्रेलियाको सिड्नी बाट सुरु भएको छ l झापा घर भै हाल बिश्व भर फैलिएका झापालीहरुले अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको औपचारिक घोषणा गरेका छन् l आफ्नो पहिचान झापाली हुनुमा गौरवको बिषय भएको र जिल्लाको विकास र बिस्तार नै समाजको मूल उद्धेश्य रहेको बताईएको छ l

अस्ट्रेलियाको सिड्नीमा गठन भएको समाजको अध्यक्षमा भवानी ओली ,महासचिवमा अस्ट्रेलियाका रुपराज मैनाली, सचिवमा अमेरिकाका प्रशन्न संग्रौला, कोषाध्यक्षमा लक्जम्बर्गका बालहरी राई, प्रवक्तामा हङकङका छत्र सुब्बा तथा संचार संयोजकमा इजरायलवाट गणेश गौतम रहेका छन्।

यसै गरि क्षैत्रिय संयोजकमा उत्तर अमेरिकाबाट प्रमोद सिटौला, युरोप संयोजकमा बेलायतवाट धन किरण गुरुङ, मध्यपूर्ववाट ध्रुब संग्रौला (कुमार झापाली) एशिया प्यासेफीकबाट कोरियाका केपी सिटौला र ओसेनियाबाट अस्ट्रेलियाका खगेन्द्र सिटौला ‘संयोजक रहने छन

अन्तर्राष्ट्रिय झापाली समाजले सिड्नीमा आयोजना गरेको घोषणा कार्यक्रममा १८ देशमा झापाली समाजको कार्यसमिति समेत बिस्तार गरेको जनाएको छ । अस्ट्रेलियाबाट दिनेश पोखरेल र दीपक खनाल सदस्यका रुपमा रहेका छन्।

कार्यक्रममा एनआरएन आइसीसी सदस्य धर्म राज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी तथा अन्य विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय झापाली समाजको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...