Saturday, May 6, 2017

नेजा साधारण सभामा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रम सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ l

नेपाल अमेरिका पत्रकार संघ को उद्घाटन पश्च्यात बहस कार्यक्रम सुरु भएको थियो l उक्त बहस कार्यक्रममा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशी सहभागि भएका थिए l बहसमा रबिना थापा तथा कृष्ण पोख्रेलको अनुपस्थित रहेको थियो l

अमेरिकी राष्ट्रपतिको चुनावी बहस जस्तै शैलीमा नेता छान्नको लागि उक्त बहस कार्यक्रम राखिएको थियो l बहस कार्यकम सवा घण्टा सम्म चलेको थियो भने समय अभावको कारण दर्शक तथा सामाजिक संजाल बाट आएका प्रश्नहरु उम्मेदवारहरुलाई सोध्न असमर्थ भएको जानकारी कार्यक्रम संचालक बाल जोशीले जानकारी गराएका थिए l

बहस कार्यक्रम विभिन्न संचार माध्यम बाट प्रत्यक्ष प्रसारण गरिएको थियो l कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशीले आफ्नो परिचय दिदै आफ्ना कुराहरु ,कार्य योजना र प्रतिबद्धता जाहेर गरेका थिए l

कार्यक्रमको अध्यक्षता भोला आश्चर्यले गरेका थिए भने कार्यक्रम संचालक बाल जोशीले ३ चरणमा जम्मा १२ वटा प्रश्न हरु उम्मेदवारहरुलाई राखेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...