Tuesday, May 9, 2017

नेपाली मूलकी चेली प्रकृति देउजा लाई डीसीका नगर प्रमुखले अमेरिकन राष्ट्र गान गाउन मौका दिइन्

अमेरिकामा डीसी महानगर क्षेत्र मा जन्मिएकी नेपाली मूलकी प्रकृति देउजालाई वाशिंगटन डीसीका नगर प्रमुख म्युरिएल बाउजर ले बोलाई एउटा ठुलो मौका दिएकी छिन् l भर्जिनिया को सेन्टरभिलमा बसोबास गर्ने प्रकृति अंग्रेजी गीतमा त्यतिकै पारङ्गत छिन् l उनलाई अमेरिकन राष्ट्रिय गान गाउन नेपाली समुदाय ,अमेरिकन समुदायको साथै अन्य समुदायमा उनलाई भ्याई नभ्याई हुन्छ l

उनले गत मे ८ तारिख वाशिंगटन डिसी स्थित लिंकन थेटर ( लिङ्कन नाट्यशाला )मा अमेरिकन राष्ट्रिय गान गाउने सुर्वण अवसर पाईन l एसियन प्यासिफिक एण्ड आइल्याण्ड र हेरिटेज नामक कार्यक्रममा उनलाई डीसीका नगर प्रमुख महिला म्युरिएल ले मौका दिएकी हुन् l

प्रकृतिले नगर प्रमुख(मेयर )को ३० औ बार्षिक उत्सव को उपलक्ष्यमा उनले मौका पाएकी हुन् l उक्त अवसरमा नेपाली दुताबासका कुटनैतिक व्यक्तित्वहरु ,डीसीका नया प्रहरी प्रमुख लगायत अन्य बिदेशीहरुको उपस्थितिमा नेपाली मूलकी प्रकृतिले प्रस्तुति गरिन l

उनले ईनेप्लिज संग कुराकानी गर्दै प्रकृति ले यो मेरो लागि ठुलो अवसर थियो भन्दै सम्पूर्ण नेपाली समुदायको तर्फ प्रतिनिधित्व गर्न पाउनु त्यो भन्दा पनि मेरो लागि खुशी को कुरा केहि हुदैन भनिन l अझ आफु नेपाल को नाम उच्च राख्ने बताइन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...