Wednesday, May 3, 2017

डेङ्गुको आधा दर्जन बिरामी फेला परेपछि महोत्तरीमा सतर्कता अपनाइयो

महोत्तरी, २० वैशाख । पछिल्लो समय महोत्तरीको बर्दिवासमा डेङ्गु सङ्क्रमणका आधा दर्जन बिरामी फेला परेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सतर्कता अपनाएको छ ।

उक्त कार्यालयले बर्दिवासमा डेङ्गुसम्बन्धी सचेतनामूलक अभियान सुरु गर्नुका साथै यसबाट बच्नसक्ने उपायबारे विभिन्न स्थानमा जानकारी आदानप्रदान गरेको छ ।

बर्दिवास नगरपालिकामा चार जना र हात्तीलेटमा दुई जनागरी छ जनामा डेङ्गु सङ्क्रमित प्रमाणित भएको कार्यालयका प्रतिनिधि भागिरथा यादवले जानकारी दिनुभयो । छ जनामध्ये दुई जना उपचारपछि घर फर्किसकेको दुई जनाको काठमाडौँ र दुई जनाको बर्दिवासमै उपचार भइरहेको यादवले जानकारी दिनुभयो ।

स्वास्थ्यमा किटको अभाव भएपछि बिरामीले निजी अस्पतालमा डेङ्गु परीक्षण गराएको र प्राप्त रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ पठाइएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...