Tuesday, May 23, 2017

बिराटनगरमा निर्वाचन सञ्चालन सम्बन्धी क्षेत्रीय प्रशिक्षण

९ जेठ, बिराटनगर । निर्वाचन अधिकृतहरुको लागि निर्वाचन ब्यवस्थापन तथा सञ्चालन सम्बन्धी क्षेत्रीय प्रशिक्षण बिराटनगरमा शुरु भएको छ ।

 

दोश्रो चरणको निर्वाचनका लागि मंगलबारबाट निर्वाचनमा खटिएका अधिकृतहरुलाई निर्वाचनको तयारी सम्बन्धी एक दिने प्रशिक्षणको आयोजना गरिएको हो ।

निर्वाचन आयोगको आयोजनामा शुरु भएको प्रशिक्षण कार्यक्रममा एक र दुई नम्बर प्रदेश अन्तर्गतका १६ जिल्लाका ६२ जना निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ ।

कानून तथा संसदीय व्यवस्था मन्त्रालयका सुशिल   कोइराला,उपन्यायधिक्ता घनश्याम ओझा र सहसचिव लक्ष्मीप्रसाद यादवले प्रशिक्षणमा सहजिकरण गरेका छन् ।

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन लक्षित गरी यसअघि पनि १ र दुई नम्बर प्रदेशका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिृकतलाई निर्वाचन ब्यवस्थापन तथा सञ्चालन सम्बन्धी प्रशिक्षण दिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...