Friday, May 5, 2017

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव रातो गलैचा सहित आज देखि सुरु (पूर्ण कार्यक्रम सूची साथ )

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आज मे ५ देखि ७ तारिख ३ दिन सम्म हुने छ l महोत्सवमा रातो गलैचा सहित आज मे ५ तारिख शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेजपार्कमा दीपक रौनियारको चलचित्र ‘सेतो सूर्य ’ बाट महोत्सवको प्रारम्भ गरिने छ l

दोस्रो दिन मे ६ शनिबारका दिन होफ थियटर, कलेजपार्क र होराइजन सिनेमा बेल्टवे प्लाजा ,बाल्टिमोरमा एकसाथ दिउँसो १२ बजे देखि राति १० बजे सम्म विभिन्न फिचर फिल्म, डकुमेन्ट्री र छोटा चलचित्रहरु प्रदर्शन हुनेछन |

महोत्सवमा सेतो सूर्य ,भाग्यले बाचेकाहरु ,कालो पोथी ,इन सर्च अफ देबकी ,सुनगाभा ,शेर्पा स्टिउ ,लाज ,दि डिपोर्टेसन अफ इनोसेन्ट ,टाशी टर्बाइन ,जर्नी टु बर्सा तथा अन्य चलचित्रहरु परेका छन् l

तेश्रो दिन मे ७ आइतबार १२ बजे पछि ६ बजे सम्म चलचित्र प्रदर्शन हुने छन l र साँझ ७ बजे पछि एफाई सिल्भर थिएटर, सिल्भरस्प्रिङ्गमा पुन रातो गलैचा सहित चलचित्र ‘कालो पोथी’ को प्रदर्शनी गरिने छ l

बिस्तृत जानकारी को लागि यहाँ थिच्नु होला  :

http://bit.ly/2o0dbnP

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...