Sunday, May 28, 2017

युनाई टेड सोसल अर्ग नाई जेसन फोरम सम्पन्न

मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको पहिलो दिनको पहिलो कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । डालस वरपर रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा यहाँ एक बिशेष अन्तरक्रिया सम्पन्न भएको छ । युनाइटेड नेपालीज एसोसिएसन युवा लक्षित संस्था हो ।

यसले नेपाली युबाहरुलाई साधन, श्रोत उपलब्ध गराउंदै आगामी दिनमा कसरी उनीहरुलाई अमेरिकाको मुलधारमा स्थापित गर्न सकिन्छ भन्ने बारेमा यो कार्यक्रम संचालन गरिएको हो । यसको लागि डालस वरपरका बिभिन्न संस्थाहरु सहभागी थिए ।

नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने, डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष राधा कृष्ण लामिछाने, शान्तिको लागि विकासका अध्यक्ष दिपक खरेल, नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठ, अमेरिका रक्तदाता संघका प्रतिनिधि अजय बगाले, एचडिएनपीका अध्यक्ष देवी आचार्यले आफ्नो आफ्नो संस्थाको तर्फबाट नेपाली समुदायको लागि गरिरहेका कामहरु र नेपाली युबाहरुलाई आगामी दिनमा अमेरिकी मुलधारमा स्थापित गर्न उनीहरुले गर्न सक्ने काम बारे आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम नेजाका सदस्य तथा स्थानीय समाजसेवी केदार तिम्सिनाले संचालन गर्नु भएको थियो । उक्त अबसरमा अन्य स्थानीय संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानिय जनसमुदायको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...