Friday, May 26, 2017

नेपाल सरकार शहरि बिकाश मन्त्रीलयको प्रेस विज्ञप्ती


राष्ट्रिय आवास कम्पनीका पदमुक्त महाप्रवन्धक दुत बहादुर गुरुङले पत्रकार सम्मेलन गरी माननीय सहरी विकास मन्त्री अर्जुन नरसिंह के.सी. ज्यू माथि दुराग्रहपूर्ण¸ भ्रमपूर्ण एवं कपोलकल्पित रुपमा लाञ्छना लगाएको कार्यप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकार ( मन्त्रिपरिषद् ) को मिति २०७२।०२।१४ को निर्णयानुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त भएका व्यक्तिले कम्पनीको कार्य वाहेक अन्य क्षेत्रमा कार्य गर्दा नेपाल सरकारको अनुमति लिनुपर्नेमा नलिएको¸ विगत २ वर्षमा कम्पनी लगातार घाटामा गएको¸ मनोमानी ढंगले काजमा खटिने खटाउने गरेको¸ कम्पनीको कार्यमा ढिलासुस्ती गरेको लगायतका कारणबाट स्पष्टिकरण सोधिएकोमा निजको स्पष्टिकरण सन्तोषजनक नभएकोले मिति २०७४।०२।०८ को नेपाल सरकार ( मन्त्रिपरिषद् ) को निर्णयानुसार निजलाई पदमुक्त गरी नयाँ महाप्रवन्धक नियुक्ति गरिएको हो ।

असक्षम र अयोग्य व्यक्तिबाट कम्पनी चल्न सक्ने अवस्था नभएकोले पदमुक्त गर्न आवश्यक थियो । नेपाल सरकारको सो कदमबाट विक्षिप्त भई पत्रकार सम्मेलन मार्फत निजले प्रस्तुत गरेका विचार भ्रामक¸ कपोलकल्पित एवं वदनियतपूर्ण रहेको व्यहोरा आम जनसमुदायलाई सूसुचित गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...