Friday, May 12, 2017

स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो

काठमाडौं ,२९ वैशाख। स्मार्ट लाइसेन्स बनाउँदा नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशीको हातमा नपुग्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र हरिकृष्ण कार्कीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । लाइसेन्स बनाउँदा नागरिकको व्यक्तिगत विवरण जस्तो संवेदनशील विषय विदेशी कम्पनीको हातमा जाने रसुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

 

सर्वोच्च बैशाख १० गते नेपालभित्रै डाटा स्टोर हुने र विदेशीको हातमा नजाने व्यवस्था मिलाउन आदेश दिएको थियो ।
रिट निवेदकका पक्षबाट अधिवक्ताहरू विजय मिश्र, दिनमणि पोखरेल र टिकाबहादुर कुँवरले बहस गरेका थिए ।

यातायात व्यवस्था विभागले भारतको चेन्नाइस्थित मद्रास सेक्युरेटी पि्रन्टर्सबाट स्मार्ट लाइसेन्स बनाउँछ । यसरी लाइसेन्स बनाउँदा नेपालीको डाटा चुहिने रिट निवेदनको दाबी छ ।

सरकारले भने स्मार्ट लाइसेन्स वितरण गर्दा विदेशी कम्पनीमा नागरिककको डाटा नपुगेको दाबी गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...