Thursday, May 4, 2017

संसद् बैठक स्थगित

काठमाडौँ, २१ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो ।

आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगन भएको संसद् सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...