Monday, May 29, 2017

भरतपुर घटनामा निर्वाचन आयोगले ‘एक्सन’ लियो, बन्यो छानविन समिति

काठमाडौं, १५ जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा सोमबार बसेको आकस्मिक बैठकले स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा ५० को उपदफा ३ बमोजिम छानविन समिति गठन गरेको हो ।

सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक रहने गरेर छानविन समिति बनाइएको स्रोतले जनाएको छ । छानविन समितिले आजैदेखि काम थाल्नेछ ।

आयोगले भरतपुर घटनाका विषयमा सम्पूर्ण विवरण मागेर अध्ययन गरेपछि छानविन समिति बनाइएको हो । छानविन समितिको प्रतिवेदन नआउँदासम्म अब भरतपुरमा मतगणना हुने छैन ।

ऐनको दफा ५० को उपदफा ४ मा यदि अनधिकृत तवरले मतगणनास्थल कब्जा भएको पाइए कब्जाबाट असर परेका मतदान केन्द्रहरुको मतपत्रहरु बदर भएको घोषणा गर्ने र पुनः मतदान गर्ने व्यवस्था छ ।

मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी चितवनले वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेका छन् । एमालेले भने च्यातिएका मतपत्रहरुलाई अलग गरेर मतगणना पुनः सुचारु गर्नुपर्ने माग गरेको छ ।

आइतबार राति माओवादी केन्द्रका दुईजनाले मतपत्र च्यातेपछि विवादले उग्ररुप लिएको छ । माओवादी र एमालेले घटनाको दोष एकअर्कालाई दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...