Thursday, May 11, 2017

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई बधाईको लहर

सोल, २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिनुभएको छ । जापान, चीनलगायतका देशका नेताहरुले उहाँलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभएकजापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी गर्नुभएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँका वरिष्ठ सञ्चार सचिवले जानकारी दिनु भएको छ ।

कुराकानीका क्रममा उहाँहरुले विगतमा दुई देशकाबीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गर्नुभएको छ । त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिनुभएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यसअवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताउनु भएको छ । नवनिर्वाचित राष्ट्रपति मूनलाई अन्य देशका नेताहरुले पनि टेलिफोनमार्फत् बधाई दिने क्रम चलिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । – सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...