Tuesday, May 23, 2017

जेफर्सन ओबामा डिनर २०१७ मा नेपाली बिद्यार्थी प्रकृति देउजा लाई अमेरिकन राष्ट्रगान गाउन अर्को सुवर्ण अवसर

नेपाली मूलकी बिद्यार्थी प्रकृति देउजालाई नर्दन भर्जिनिया साउथ एसियन डेमोक्रेटिक पार्टीमा अमेरिकन राष्ट्रगान गाउन अर्को सुवर्ण अवसर प्राप्त भएको छ l उनलाई केहि दिन अगाडी मात्र वाशिंगटन डीसीका नगर प्रमुख म्युरिएल बाउजर ले बोलाई एउटा ठुलो मौका दिएकी थिइन् l डीसी क्षेत्रमा दिन प्रति दिन अमेरिकन राष्ट्रिय गान गाउन उनको चर्चा परिचर्चा भै रहेको छ l

गत मई २१ तारिख आईतबार जेफर्सन ओबामा डिनर २०१७ नामक कार्यक्रममा उनलाई दक्षिण एसियाली प्रजातान्त्रिक दल सयौ को संख्यामा रहेका बिद्यार्थी मध्ये उनलाई मौका मिलेको हो l डिसी नजदिक शेरा टन टाइसन होटलमा उक्त कार्यक्रममा बिदेशी तथा बिशेस अतिथिहरु बिच अमेरिकामा जन्मेकी देउजाले अमेरिकन राष्ट्रिय गान गाएकी हुन् l भर्जिनिया को सेन्टरभिलमा बसोबास गर्ने प्रकृति नेपाली समुदाय ,अमेरिकन समुदायको साथै अन्य समुदायमा स्वयम् सेवक रुपमा गएर राष्ट्रिय गान गाउने गर्छिन l

उक्त कार्यक्रममा सिनेटर टिम केन ,गोल स्टार (सुनौलो तारा )पिता खीजहर खान तथा भर्जिनियाका गभर्नर टेरी म्याक्ल्फ़ आदि रहेका थिए l उपस्थित सवैले नेपाली मूलकी अमेरिकामा जन्मेकी दोश्रो पुस्ता कि बिधार्थी प्रकृतिको प्रशंसा गरेका थिए l अत्यधिक प्रतिस्प्रद्धामा नेपालले अवसर पाउनु नै ठुलो मान्नु पर्दछ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...