कुवेतमा लागू पदार्थ ओसार पसार गर्ने परेवा लाई भन्सार द्वारा पक्राउ गरिएको खबर छ l कुवैत भन्सार अधिकारीहरुले परेवाको ढाडमा सानो झोला बनाई लागु ओखति ओसार पसार गर्दा परेवालाई छापा मारिएको हो l १ सय ७८ वटा लागु पदार्थ परेवा बाट जफत गरिएको छ l
अधिकारीको निगरानीमा ईराक बाट आएको उक्त परेवा भन्सार कार्यालय नजदिकको भवनको चुचुरोमा बसेको फेला पारेका थिए l उक्त लागू पदार्थ चक्की केटामिन नाम गरेको ओखति जुन परम आनन्द दिलाउन संवेदना नाशक (एनेसथेटिक )ओखति भएको दावी गरिएको छ l
भन्सार अधिकारीक अनुसार परेवालाई लागू पदार्थ ओसार पसार गर्न हतियारको रुपमा प्रयोग गरिने गरेको बताउदै पहिलो पटक उक्त परेवालाई समातिएको जनाएको छ l
उक्त समातिएको परेवा लाई बिशेष प्रकारको नाना (लुगा ) बनाई लागु पदार्थ ओसार पसार गर्न सरल हुने ढाचाको सिलाईएको समाचार यु पी आईले लेखेको छ
स्क्रिन सट (चित्रपट दृश्य) : केडिएएफ -टीवी
No comments:
Post a Comment