Monday, May 22, 2017

टीकापुर सरोकार समूहद्वारा टीकापुरका ४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण |

टीकापुर सरोकार समुहले विभिन्न छात्रबृत्ति वितरण गरेको छ । टीकापुरका स्थायी बासिन्दा तर कामको शिलशिलामा बाहिर रहेका टीकापुरका युवाहरुको संजाल टीकापुर सरोकार समूह हो । समूहले गतबर्षबाट विभिन्न नाममा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । समूहले आइतबार टीकापुरमा एक कार्यक्रम गरी टीकापुर ९ बनगाउंका दिवस महत्तो र धिरज चौधरीलाई कक्षा ११ र १२ अध्ययनका लागि भरत अर्याल स्मृति छात्रबृत्ति प्रदान गरेको छ ।

त्यस्तै, टीकापुर नगरपालिका ६ कटानपुरकी लिडिया विश्वकर्मा र प्रतिभा सञ्याललाई बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति प्रदान गरिएको छ । भरत अर्याल स्मृति छात्रबृत्ति रकम प्रसान्त अर्याल र बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति रकम हिक्मत थापाको सहयोगमा प्रदान गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...