Thursday, May 25, 2017

राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आहृवान

११ जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गरेकी छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार नै पदबाट राजीनामा दिएका थिए । र, उनको राजीनामा स्वीकृत भइसकेको छ ।

 

तर, बिहीबार राष्ट्रपति भण्डारीले संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्र सहमतीय सरकार गठनका लागि आहृवान गरेकी हुन् ।

राष्ट्रपतिले संविधानेका धार २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आहृनान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...