Thursday, May 4, 2017

सोलुकी नब नायिका तथा मोडल कला राइ छोटो समयमा चर्चित बन्दै

काठमाडौँ: छोटो समयमानै चलचित्र तथा संचार जगतमा सबैको प्रिय तथा चर्चित बन्न सफल नाम हो कला राइ l मोडलिङ सुरु गरेको केहि महिनामा भित्रनै आधा दर्जन म्युजिक भिडियो तथा उनको पहिले चलचित्र मुर्चुङ्गाको छायांकन सकिदा नसकिदै उनलाई अहिले धेरै चलचित्र तथा म्युजिक भिडियो बाट प्रस्ताब आउने गरेको छ l यसर्थ उनलाई भाग्यमानि मोडल तथा नायिकाको रुपमा पनि लिन सकिन्छ l दैनिक सयौ युवा युवतीहरु चलचित्र तथा मोडलिङलाइ आफ्नो पेशा बनाउन तथा आफ्नो सोख पुरा गर्न मोडलिङ पेशामा आबद्द हुदै गएका छन l नेपालीहरुको राजधानी शहर काठमाडौँ, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल तथा नायिका कला राइ अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा पोख्त कला राइ सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो, हेर्दा लाग्छ उनी कुनै चर्चित सुपर स्टार नायिका हुन l उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l

पूर्वको सोलुखुम्बु जिल्लाको देउसा गाउपालिकामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाउदै आएकी कला हेर्दा पनि आकर्षित छिन, सधै हासीरहने शालीन स्वभाबकि मोडल तथा नायिका कला राइ छोटो समयमानै चर्चा कमाउन सफल नायिकामा पार्छिन l सानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने कला अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राखेकी छिन l नायिका तथा मोडल कला भन्छिन अब यसै क्षेत्रमा चलचित्र तथा मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।मोडलिङ क्षेत्रमा भएको कुरीति र कुसंस्कारलाइ चिर्दै ब्यबसायिक मोडललाइ अगाडी बढाउने उनको सोच छ l चलचित्र मुर्चुङ्गा बाट धेरै आशाबादी रहेकी कालालाइ अहिले धेरै चलचित्र बाट प्रस्ताब आउने गरेको भएपनि उत्कृष्ट कथा बस्तुलाई छानेर मात्र अन्य चलचित्रमा अभिनय गर्ने कुरा उनि बताउछिन l परिवारको सहयोग र साथमा चलचित्र तथा मोडलिङ क्षेत्रमा अगाडी बढेकी कला राइ लाई हाम्रो तर्फ बाट पनि अग्रिम शुभकामना l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...