Friday, May 5, 2017

अदालतको फैसला स्वागतयोग्य छ : एमाले

काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।

एमालेका सचिव योगेश भट्टराईले अदालतको आदेशपछि सत्ता गठबन्धनलाई नैतिक सङ्कट परेको टिप्पणी गर्दै आदेशले आफ्नो पार्टीले उठाएको विषय सही साबित भएको प्रतिक्रिया दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...