Monday, May 29, 2017

महाबाणिज्यदुतमा बढुवा भएका ऋषि ढकाललाई लस एन्जलसमा सम्मान गरिदै

उपेन्द्र सापकोटा
अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको लागि एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेले अनुरोध गरेका छन् ।

महाबाणिज्यदुतमा पदोन्नति भएका ढकाल यस अघि क्यालीफोर्निया राज्यको सान डिएगो शहरको लागि वाणिज्यदूतको रुपमा रहेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...