Wednesday, May 3, 2017

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि थाइल्यान्डका आवासीय राजदूत भकाभत टान्सकुलसहित चार राजदूतले आज आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष गणतन्त्र कोरियाका आवासीय राजदूत पार्क योङ–सिक, अस्ट्रेलियाका आवासीय राजदूत पिटर ग्राइम बुद र हङ्गेरीका गैरआवासीय राजदूत ग्योला पेथोले पनि ओहदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...