Monday, May 22, 2017

नेकपा संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

काठमाडौँ, ८ जेठ । नेकपा (संयुक्त)ले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि पक्षमा मतदान गर्ने भएको छ ।

पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सो प्रस्ताव अगाडि बढाउनुपर्ने ठहर गरेको छ ।

विभिन्न बाधा, विरोधबीच पहिलो चरणको निर्वाचन सफल बनाउन सहभागी सबै दल, स्वतन्त्र उम्मेदवार तथा मतदातालाई बैठकले धन्यवाद व्यक्त गर्दै निर्वाचनका क्रममा देखिएको आचारसंहिताको उल्लङ्घन तथा मतदान शिक्षाको अभाव, मतगणनाका क्रममा देखिएका समस्याप्रति निर्वाचन आयोगको ध्यानाकृष्ट गरेको छ ।

बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी निर्वाचनमा वाम तथा लोकतान्त्रिक एवम् प्रगतिशील शक्तिसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जानकारी दिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...