Thursday, May 11, 2017

यात्रु बस दुर्घटनामा दुईको मृत्यु, ३५ घाइते

चौतारा, २८ वैशाख । काठमाडौँबाट दोलखातर्फ गइरहेको बा३ख ५०५६ नंको यात्रु बस आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।

दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र उनकी श्रीमती ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलो भन्ने स्थानमा अपराह्न बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको र चालक फरार रहेको प्रहरीले बताएको छ । घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने नौजनालाई राजधानी पठाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...