Monday, May 29, 2017

एफ सी केन्ट भेटरेनले “गोर्खा कप” को भेटेरेन कप पचायो ।

गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेन तर्फ एफ सी केन्टले लगातार ३ पल्ट जीतेर यस वर्ष “कप” पचाएको हो । यस क्लबको स्थापनाकालदेखि लगातार जीत्दै आएको यस “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिम म्यानेजर बुद्धी सुनवार र कोच लोक लीम्बुले जानकारी दिनुभयो त्यस्का साथै नेपाल बाट नेपाल राष्ट्रिय फुटबल टिमकोचलाई स्पोन्सर गरी टिमको प्रोमोसन साथै गोर्खा कपको शोभा बडाइएको जानकारी पनि सुनवारले दिनु भयो ।

भेटेरेन तर्फ ८ टिमले भाग लिएको यस “गोर्खा कप” मा फाईनलमा ईलाम एफ सी लाई भास्कर राईले १ गोल र गुप्तराज चेम्जोङले १ गोल गरी जम्मा २ गोलको विरुद्ध सुन्यमा खेल सकिए पछि “कप” पचाई जम्मा पुरस्कार राशि १५ सय पाउण्ड थाप्न सफल भएको थियो भने भेटेरेन तर्फ उत्तम खेल प्रदर्शन गरी गुप्तराज चेम्जोङले मेन अफ द म्याचको पुरस्कार पनि हात पारेको थियो ।

“गोर्खा कप” कोर्डिनेटरको भनाई अनुसार ६३ टिमहरुले रजिस्टर गर्न खोजे पनि मेन टिम तर्फ ३२ टिमलाई मात्र सहभागी गराउन सकिने भएकोले पहिलो ३२ टिमहरुलाई मात्र रजिस्टर गरि खेलाईएको सो खेलमा मंगोलियन भान्जाजले ब्रिगेड बोईजलाई प्यानल्टि सुटआउटमा हराएर मेन टिमको “कप” जीतेको थियो ।

बिहान ९ बजेबाट शुरु भएको उक्त खेल साझ ८ बजे सकिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...