Tuesday, May 23, 2017

डीसीमा एनपीपीए ईहि समारोह सम्पन्न

नेपा पास पुच अमेरिकाये (एनपीपीए )को ईहि समारोह भव्यता का साथ सम्पन्न भएको छ l मेरिल्याण्डको हरे कृष्ण मन्दिरमा नेवा समुदाय सहित अन्य समुदायका कन्याहरुले समेत ईहि पुजा गराएका छन् l अमेरिकाको डिसी महानगर क्षेत्रमा २६ बर्ष अगाडी स्थापना भएको एनपीपीएको उक्त इहि समारोहमा दर्जनौ कन्याहरुले इहि गराएका थिए l नेवा समुदायका पण्डित बासव राजोपाध्यायले सम्पूर्ण बिधि गराएका थिए l

एनपीपीए का अध्यक्ष सरोज प्रजापतिले ईहि समारोह अति महत्वपूर्ण दिन भएको बताउदै नेवा समुदाय बाहेक अन्य समुदायका कन्याहरुले पनि ईहि गराउन थालेकोमा हर्ष व्यक्त गरिन l पण्डित राजोपाध्यायले भने नेवा समुदायको मात्र ईहि समारोह ,पर्व र पूजा मात्र भन्ने परम्परागत सोचाईलाई अमेरिकामा रहेका अन्य जातिको सहभागिता बढ्नु नै उपलब्धि भएको बताए l

पण्डित राजोपाध्याय भन्छन यसलाई बेल बिबाह भन्ने गरेकोले बेलसंग बिल्कुल बिबाह गरेको हैन ,गलत अनुबाद गरिएको भन्दै केवल साक्षी मात्र गरेको भन्दै इहि भन्दा उत्तम हुने जानकारी दिए l नेवा समुदायमा बिधवा भन्ने नै छैन र हुदैन l कन्याले केवल सुवर्ण कुमार संग मात्र बिबाह गरेको हुन्छ l बिबाहमा भगवान शिवको प्रतिनिधित्व गरेको हुन्छ l सुवर्णले भगवान बिष्णु तथा नारायणको प्रतिनिधित्व गर्छ भने l

उक्त इहि समारोह पुजामा पाँच देखि एघार बर्षका उमेरका कन्याहरुले मात्र इहि गराउने गरिन्छ l ईहिको लागि अन्य राज्यहरु व्हिस्कनसिन ,न्यु ह्याम्प्सयर तथा अन्य राज्यहरु बाट अभिभावक सहित कन्याहरु आएका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...