Tuesday, May 2, 2017

नेपालको छात्रवृति को लागी अमेरिका नेपाल महिला संघको यार्ड सेल (आगन बिक्रि)सफलता पूर्वक सम्पन्न

नेपालको छात्रवृति को लागी अमेरिका नेपाल महिला संघको यार्ड सेल (आगन बिक्रि) सफलता पूर्वक सम्पन्न भएको छ l अमेरिकाको डिसी महानगर क्षेत्रमा महिला समूहको क्रियाशील सामाजिक सँस्था आन्वाले गत अप्रिल २९ तारिख शनिबार भर्जिनियाको सेन्टरभिल मा यार्डसेल (आँगन बिक्रि ) गरेको थियो

बार्षिक रुपमा दुई पटक आगन बिक्रि गर्दै आएको आन्वाले २०१७ मा पहिलो चरणको कार्यक्रम सकेको छ भने अर्को चरणको आँगन बिक्रि मेरिल्याण्ड तर्फ गर्ने बुझिएको छ l नेपालका जेहेन्दार ,गरिव तथा आर्थिक कम्जोर भएका बिद्यार्थीहरुलाई आन्वाले छात्रवृति प्रदान गर्दछ l भर्जिनियाको सेन्टरभिलमा बिहान ८ बजे देखि दिउसो १ बजे सम्म यार्डसेल (आँगन बिक्रि ) राखेको थियो l

न्युनतम दरमा बेच्न राखिएका सामानहरू बिशेष लुगा ,जुत्ता ,गर गहना ,माला ,हार ,कलाकृतिका सामग्री तथा अन्य सामानहरु बिक्रिमा राखिएको जानकारी संस्थाकी पदाधिकारी सरला पाण्डे ले दिईन l र घर बाट लगिएका लुगाफाटा समानहरु फिर्ता ल्याउनु नपरेको पाण्डेले बताइन l र उक्त आँगन बिक्रिमा पाण्डेलाई साथ दिन संस्थाकि क्रियाशील सदस्य भवानी शर्मा रहेकी थिइन् भने शर्माले उठेको केहि रकम समाज सेवामा जाने बताईन l

 

 समान बिक्रि भए पछि को खुसि हुँदाको क्षण 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...