Sunday, May 7, 2017

एसबीआई बैंक लैनचौरका कर्मचारी सुवेदीको हत्या

भक्तपुर, २४ वैशाख । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने एसविआई बैंकको शाखा कार्यालय लैनचौरमा कार्यरत झापा टाँगनडुव्वा घर भएका ३५ बर्षीय सौरव सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुबेदीलाई आइतबार विहान डेरा कोठामा बसीरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालाले धारिलो हतियार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि वि.एण्ड वि. अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

फरार कोइरालाको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...