Thursday, May 11, 2017

लस एन्जेलसमा २५६१ औं बुद्ध जयन्ति मनाइयो

अमेरिका, लस एन्जेलस ११ मे / साउदर्न क्यालिफोर्नियामा नेपालीहरुद्वारा निर्मित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा हिजो २५६१ औ बुद्ध जयन्ति मनाइयो । सो समारोहको श्रीपशुपतिनाथ फाउनडेशन तथा बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाले आयोजना गरेका थिए । रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका पुरुषोत्तम सापकोटाले बुद्ध सम्बन्धी भजन गाएर सहभागीहरुलाई मन्त्रमुग्ध पारेका थिए भने सोही अवसरमा बुद्धका ज्ञानगुनका कुरा गर्दै प्रकाश समेत पारिएको थियो ।

श्रीपशुपतिनाथ फाउनडेशनका महासचिव तथा पर्यटन दुत रामेश्वर भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामाले गर्नु भएको थियो ।कार्यक्रममा आर्टेसिया सिटिका प्लानिंग कमिस्नर भक्त थापा, नेपाली जानसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरका उपसभापति रेख उप्रेती, नेवा: अर्गनाइजेसन साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे तथा एएनएस क्यालिफोर्नियाका अध्यक्ष चिरन्जीवी गौतमले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...