Wednesday, May 10, 2017

एएनए युनिटी गाला (एएनए एकता समारोह) बाल्टिमोरमा आयोजना हुने

दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )ले बाल्टिमोरमा एक बिशेष कार्यक्रम को आयोजना गर्ने भएको छ l एएनए युनिटी गाला (एएनए एकता समारोह) नामक उक्त कार्यक्रम मे १४ तारिख नेपाल हाउस चमेना गृहमा हुने भएको छ l आगामी बाल्टिमोरमा हुने एएनएन सम्मेलन लाई बिशेष लक्ष्य सहित गाला (समारोह )को आयोजना गरिने भएको हो l

उक्त कार्यक्रममा उत्तर अमेरिकामा बसोबास गर्ने, एएनए संस्थाका शुभ चिन्तक ,आजीवन सदस्य तथा डिसी महानगर क्षेत्र नेपली समुदायलाई उक्त कार्यक्रममा भेला हुन् बाल्टिमोर सम्मेलनका सम्मेलन प्रमुख तथा वरिष्ठ उप सभापति खगेन्द्र अधिकारीले जानकारी दिएका छन् l

आगामी एएनए को पर्व बाल्टिमोर एएनएन सम्मेलन को बिषयमा समुदाय संग सर सल्लाह लिने तथा मार्ग निर्देशन चाहिएकोले एएन ए युनिटी गाला राखिएको जानकारी बाल्टिमोर एएनएका संयोजक विजय श्रेष्ठले दिएका छन् l

 

एएनए युनिटी गाला को आयोजना गर्ने को मुख्य उदेस्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनर्जीवन दिने ,बाल्टिमोर सम्मेलनलाई कसरी प्रभावकारी बनाउने तथा बिशेष कार्यक्रम तथा रोमान्चक कार्यक्रमको घोषणा गरिने छ l

कार्यक्रम स्थान : नेपाल हाउस रेस्टुरेन्ट (920 n charles st ,Baltimore ,MD )
मिति : मे १४
समय : ६ :०० -८:३० सम्म

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...